डेव व्हाटमोरबाट प्रदेश न. १ मा क्रिकेट वर्कशप हुने

नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार प्रदेश एक क्रिकेट संघले युवा खेलाडीको ट्यालेन्ट हन्ट गर्ने भएको छ ।

विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने सो ट्यालेन्ट हन्टका राष्ट्रिय टिमका प्रशिक्षक डेभ ह्वाटमोरपनि सहभागि हुनेछ । प्रदेश क्रिकेट संघले ह्वाटमोरको संलग्नतामा अहिलेसम्म कै ठूलो क्रिकेट वर्कशप गर्ने जनाएको छ ।

पछिल्लो पटक क्यानले युवा खेलाडी उत्पादनमा जोड दिने लक्ष्यका साथ प्रदेश एकमा पहिलो पटक क्रिकेट वर्कशप गर्ने भएको छ । उक्त कार्यक्रममा प्रदेश न. १ मा रहेको प्रशिक्षकहरु पनि जोडिने छन ।

उमेर समुहका क्रिकेट प्रतियोगिता पनि गर्ने लक्ष्य राखेको क्यानले आगामी दिन अरु प्रदेशमा पनि क्रिकेट वर्कशप राख्ने योजना बनाएको छ । थप जानकारीको लागि प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ बाट प्रशिक्षक प्रदिप पाण्डे ( सम्पर्क न. ९८५२०५०१०८ ) र राजेश पोख्रेल ( सम्पर्क न. ९८५२०२७६०० ) लाइ जिम्मा दिएको छ ।

Leave a comment

Design a site like this with WordPress.com
Get started