ललितपुर उपमहानगर पालिकाको सहयोगमा हुन लागेको मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । जसमा एपीएफ र सुदुरपश्चिम तथा ललितपुर मेयर ११ र लुम्बिनी प्रदेश खेल्ने भएका छन । राउण्डरोविन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टिमले फाइनल खेल्नेछन । प्रतियोगिता चैत २१ गतेबाट सुरु हुनेछ । प्रतियोगिता ललितपुर उपमहानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघको अयोजनामा हुदै छ । उक्त प्रतियोगिता २०/२० ओवर्स को फर्म्याटमा गराइने छ साथै उद्घाटन खेल प्रधानमन्त्री कपको बिजेता प्रदेश न. १ र उपविजेता एपीएफ भिड्ने भएका छन । प्रतियाेगिताकाे विजेताले तीन लाख रूपैयाँ पाउनेछ । दाङमा भएकाे पीएप कप क्रिकेटकाे सेमिफाइनलमा पुगेका चार टिम र एक टिम मेयर ११ बनाएर प्रतियाेगिता खेलाउन लागिएकाे हाे । उक्त प्रतियोगिताको लागि प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ ले सचिब मनोज कटुवालको संमयोजनमा ३ दिने बन्द प्रशिक्षण र छनौट प्राक्रिया गर्ने भएको छ ।