
प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ बिराटनगरमा भोलि देखि राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघको आयोजना र प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ को सहकार्यमा क्रिकेट वर्कसप कार्यक्रम सुरु हुदै छ । यहि २०७७ चैत्र ११ गते बिहान ८ बजे देखि बिराटनगरमा अवस्थित बिग होटेलमा भोलि एक दिन प्रदेश भरि रहेका सम्पूर्ण राष्ट्रिय खेलकुद परिषद का प्रशिक्षकहरु, ACC बाट तालिम प्राप्त प्रशिक्षकहरु तथा नेपाल क्रिकेट संघबाट संचालित level ‘0’ सहभागी प्रशिक्षकहरुलाइ डेव व्हाटमोर र जगत टमटाबाट बिशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ । त्यस पछी प्रदेश भरि रहेका क्रिकेट प्रतिभाहरुलाइ दुवै प्रशिक्षक हरुले प्रशिक्षण गराउने छन।
