प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ को बिभिन्न उप-समिती मध्यको कार्यसम्पाधन उप-समितीको २०७७ चैत्र १७ गते बैजनाथपुर, मोरंगमा बैठक बसी बिभिन्न निर्णयहरु गर्दै सम्पन्न गरेको छ ।
प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ का अध्यक्ष मिंग्मा डन्डू शेर्पा संयोजक रहेको उप-समितीमा उपाध्यक्ष नविन घिमिरे, सचिब मनोज कटुवाल र कोषाध्यक्ष बिरू श्रेष्ठ रहेका छन् । त्यस्तै बैठकमा पुर्व राष्ट्रिय खेलाडी राजकुमार प्रधान, प्रशिक्षक प्रदिप राज पाण्डे र प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ का सदस्य द्वैय अजय राजबंशी र नारद नेपाल आमन्त्रित सदस्यको रुपमा उपस्थिति जनाएका थिए ।
बैठकमा प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको प्रादेशिक छनौट खेल, ललितपुर मेयर कप महिला प्रतियोगितामा प्रदेश न. १ को सहभागिता, विभिन्न उप-समिती गठन पुनर्गठन, प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ को परिचय-पत्र बनाउने, राष्ट्रिय क्रिकेट प्रशिक्षक डेव वाटमोरको प्रदेश न. १ मा सम्पन्न क्रिकेट प्रशिक्षण तथा पहुँच (outreach) कार्यक्रम, अनुशासन, बैजनाथपुर क्रिकेट रंगशालाहरु जस्ता बिषयहरुलाई एजेन्डाको रुपमा प्रस्तुत गरिएको थियो ।
भर्खरै झापाको सुरुंगा, चन्द्रगडी र काकरभिट्टामा सम्पन्न प्रधानमन्त्री कप प्रादेशिक छनौट प्रक्रिया सफलता पुर्वक सम्पन्न गरेकोमा उक्त प्रतियोगिताको उप-समिती सदस्यहरुलाइ र झापा जिल्ला क्रिकेट संघलाइ धन्यबाद दिदै अध्यक्ष मिंग्मा दंडू शेर्पा ज्युबाट कमिकमजोरी समिक्षा गर्दै आगामी दिनहरुमा गल्ति कमजोरी सच्याउने निर्णय गर्दै ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको लागि १८ गते देखि बन्द प्रशिक्षण गराउने र प्रशिक्षकमा बिरू श्रेष्ठ र म्यानेजरमा रोजी राइलाइ नियुक्त गर्ने निर्णय गरेको छ । साथै बिभिन्न उप-समिती गठन पुनर्गठन सम्बन्धमा छलफल गरि टेक्निकल कमिटीको संयोजक प्रदिपराज पाण्डे र छनौट समितीका सदस्य राजकुमार प्रधानको राजिनामा स्विकृत गर्ने निर्णय गर्दै उक्त रिक्त स्थानमा अर्को बैठक छलफल गर्ने र उक्त समयसम्मको लागि छनौट समितीको जिम्मा सचिब मनोज कटुवाललाइ जिम्मा दिने निर्णय गरिएको थियो ।
राष्ट्रिय क्रिकेट प्रशिक्षक डेव वाटमोरको प्रदेश न. १ को कार्यक्रम उपलब्धिमुलक रहेको र उक्त कार्यक्रम सम्पन्न गर्ने भूमिका खेलेकोमा मोरंग जिल्ला क्रिकेट संघ तथा सम्पूर्ण सहयोगीहरुलाइ हार्दिक धन्यबाद दिदै मोरंग जिल्ला क्रिकेट संघका अध्यक्ष तथा प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ का उपाध्यक्ष नबिन घिमिरे ज्युलाइ बिसेष धन्यबाद दिईयो ।
अनुसाशन सम्बन्धमा छलफल गर्दा प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ मा आबद्ध जिम्मेवार पदाधिकारी सदस्यहरुले बिभिन्न सामाजिक संजालहरुमा प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ बिरुद्ध लेखिएको भ्रामक कुराहरुको बिषयमा सोधखोज गरियो र आगामी दिनमा त्यस्ता किसिमका गल्ति कमजोरी नगर्ने गरि आत्मालोचना गराउने र अब उप्रान्त प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ मा आबाद्ध पदाधिकारी सदस्यहरु , खेलाडीहरुले सामाजिक संजालमा प्रादेशिक क्रिकेट संघको बिरुद्ध कुनै किसिमको आंच आउने र भ्रामक कुराहरु गर्ने पाईएमा नेपाल क्रिकेट संघको बिधान अनुसार उचित कारबाही गरिने निर्णय गरियो
हाल निर्माणाधीन अवस्थामा रहेको बैजनाथपुर क्रिकेट रंगशालालाइ चाडोभन्दा चाडो निर्माण सम्पन्न गरि क्रिकेट खेल्न योग्य मैदानको रुपमा बिकाश गर्ने गरि प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ को तर्फबाट बिशेष पहल गर्ने निर्णय गरियो ।
साथै प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ का सदस्य श्री सुमेश शाहका ममतामयी आमाको दुखद निधनको खबरले प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ गहिरो दुख ब्यक्त गर्दै समबेदना पत्र पठाउने निर्णय गरियो ।

