नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० प्रतियोगिताका लागि आइतबार २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

नेदरल्यान्ड्स र मलेसिया सम्मिलित प्रतियोगिता वैशाख ४ देखि ११ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुँदै छ ।
ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशीलाई नेपाल क्रिकेट संघले प्रारम्भिक टोलीमा राखेको छ ।
बन्द प्रशिक्षण औपचारिक रूपमा मंगलबारबाट संचालित हुने छ।

