
नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को रिजनल अवार्ड पाएको छ । कोभिड-१९ को समयमा पनि क्रिकेट विकासका लागि पहल गरेको भन्दै आईसीसीले नेपालसहित पाँच राष्ट्रलाई अवार्ड दिएको हो ।
नेपालसँगै नामिविया, अर्जेन्टिना, भानुआतु र इटलीले आईसीसीले डिभलपमेन्ट इनिसएयटिभ अफ दि इयरको अवार्ड पाएका हुन् । नेपालले एसिया क्षेत्रबाट अवार्ड पाएको हो ।
