जान्नुहोस क्रिकेटमा कोलपक नियम, जसले गर्दा बिस्वको धेरै क्रिकेटरहरु इंगलैंडबाट खेल्छन

Kyle Abbott, Rilee Rossouws International Careers Over After Signing Kolpak Deals

Kyle Abbott and Rilee Rossouw have joined Hampshire on four and three-year Kolpak deals, respectively

इंगलैंडको काउन्टी क्रिकेटमा खेलाडीहरुले अन्य देशको भन्दा राम्रो पैसा कमाउन सक्छन, जुन खेलाडीले कोलपक नियमको फाइदा उठाउन सक्छन उसले आफ्नो घरेलु क्रिकेट खेल्नु भन्दा इंगलैंड काउन्टीको साथ करार गर्न रुचाउछन ।

साउथ अफ्रीकाको प्रतिभावान खेलाडी काइल एबाटले काउन्टी क्रिकेट खेल्नको लागि ह्याम्पशायरबाट कोलपक नियमको अनुसार करार सम्झौता गरेका छन । यस करार सम्झौताको मतलब करार अवधिभर अब फास्ट बलर काइल एबाट साउथ अफ्रीकाबाट खेल्न पाउने छैनन् । जब काइल एबाट कोलपक नियमको अनुसार इंगलैंड काउन्टी ह्याम्पशायरको लागि आबद्ध भएको खबर सार्बजानिक भयो साउथ अफ्रीका क्रिकेट बोर्ड र सारा बिस्व अच्चमित भयो। यसको कारण यो थियो कि काइल एबोट दक्षिण अफ्रीकाको राष्ट्रिय टिमबाट प्रमुख बलरको रुपमा आफ्नो देशको लागि उच्चस्तरीय प्रदर्सन गरिरहेका थिए र दक्षिण अफ्रीका क्रिकेट टिमको नियमित र प्रमुख बलर बनिसकेका थिए ।

यो भन्दा अगाडी ज़िम्ब्वाबेका प्रमुख स्टार ब्याट्सम्यान ब्रेण्डन टेलरले पनि आफ्नो राष्ट्रिय टिमबाट राजिनामा गरि कोलपक नियमको अनुसार इंगलैंड काउन्टी क्रिकेट खेल्न करार गरिसकेका थिए । तर काइल एबाट आफ्नो राष्ट्रिय टिम दक्षिण अफ्रीका छाडेर इंगलैंड काउन्टी क्रिकेटसंगको करार सम्झौता गरे पछी बिस्वभरि रहेका क्रिकेट प्रेमीहरुमा जिज्ञासा भयो कि आखिर यो कोलपक नियम के हो ?

आज हामि बताउने छौ आखिर कोलपक नियम के हो ? र यसले कसरि काम गर्छ? यो नियममा आबद्ध भए पछी कुनै पनि क्रिकेटर इंगलैंडको राष्ट्रिय टिमबाट खेल्न पाउछ कि पाउदैन ।

जब दक्षिण अफ्रीकाले यूरोपियन युनियनसंग कोटोनाउ सम्झौतामा (कोटोनाउ समझौताबारे लिंकमा क्लिक गर्नुहोश) हस्ताक्षर गर्यो उसको कुनै पनि खेलाडीहरु इंगलैंड र अन्य युरोपियन देशहरुबाट कोपक नियम अन्तर्गत खेल्न पाउने भयो । अफ्रीकाको अन्य देशहरुको साथै क्यारेबियन देशहरु पनि यो नियमसंग आबद्ध भएका छन् । जबकी दक्षिण अफिकाको हरेक नागरिक कोलपक नियमको फाइदा लिन सक्दैनन् यो नियम केवल खेलाडीहरुको लागि मात्र हो जसले ४ बर्ष सम्म वर्क परमिटको रुपमा इंगलैंडमा क्रिकेट खेल्न पाउछन ।

कोलपक नियमको अन्तर्गत कुनै पनि क्रिकेट खेलाडीले इंगलैंड काउन्टीसंगको करार सम्झौता अवधि भरि आफ्नो देशबाट क्रिकेट खेल्न पाउने छैनन्। यदपि क्रिकेटरले आफ्नो क्लब संग अनुमति लिएर इंगलैंड काउन्टी क्रिकेटको घरेलु सिजन अफ भएको बेला आफ्नो देशको घरेलु क्रिकेट खेल्न सक्नेछन। यदि कुनै क्रिकेटर इंगलैंड काउन्टीमा कोलपक नियम अन्तर्गत रहेर ७ बर्ष वा त्यो भन्दा बढी क्रिकेट खेलेको छ भने उसले स्वत इंगलैंड देशबाट पनि खेल्न पाउने छन्। काइल एबोट भन्दा अगाडी दक्षिण अफिकाका ज्याक रुडोल्फ ले २००७ मा कोलपक नियम अन्तर्गत यर्कशायर काउन्टी टिमसंग करार गरेर अनुबद्ध भएका थिए । उनले २०१० सम्म यर्कशायरबाट खेले त्यस पछि फेरी आफ्नो राष्ट्रिय टिम दक्षिण अफ्रिकाबाट खेल्न सुरु गरे।

दक्षिण अफ्रीकाको क्रिकेट खेलाडीहरु कोलपक नियमको अनुसार इंगलैंड काउन्टीबाट खेल्न जानु अर्को कारण पनि छ, दक्षिण अफ्रीकामा श्वेत क्रिकेट खेलाडीहरुको लागि कोटा सिस्टम लागु गरिएको छ, फिक्स कोटा अनुसार केहि श्वेत क्रिकेट खेलाडीहरु मात्र टिममा पर्न सक्छन । यहि कारणले गर्दा उत्कृस्ट प्रदर्शन गर्दा पनि श्वेत खेलाडीहरुलाइ दक्षिण अफ्रिकी टिममा पर्न जटिल हुने गर्दछ र साथै इंगलैंड काउन्टीमा अरु देशको घरेलु क्रिकेटमा भन्दा धेरै पैसा हुने गर्दछ।

Leave a comment

Design a site like this with WordPress.com
Get started