प्रदेश १ को लगातार दोस्रो जित

बाईबाई पुरुष यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा कर्णाली प्रदेशलाई ७६ रनले पराजित गर्दै प्रदेश १ ले लगातार दोस्रो जित हात पारेको छ ।

२४० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश ३८ ओभरमा सबै विकेट गुमाउँदै १६३ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि रूपक दाहालले अविजित ४१ रनको योगदान दिए ।  मनिष थापाले ३९ र राजप्रशाद शाहले २४ रनको योगदान दिए ।

प्रदेश १ का शरवन किस्कुले ४, लभ कामतले ३, गौरभ कटुवालले २ र दिपेश कँडेलले १ विकेट हात पारे ।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३९ रन बनाएको थियो ।

प्रदेश १ का लागि विवेक अनन्द मेहताले अर्धशतकीय पारी खेले । ८२ बलको सामना गर्दै ५९ रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे ।

अङ्कित सुवेदीले ३७ र सोनु मण्डलले २५ रनको योगदान दिए ।

कर्णालीका अनुजकुमार चुनारा, रुपक दाहाल र सन्दीप जङ्ग शाहीले २–१ तथा सुवास अयरले १ विकेट लिए ।

जितसँगै प्रदेश १ ले ४ अङ्क जोड्दा कर्णालीले पहिलो पराजय बेहोरेको छ ।

पहिलो खेलमा प्रदेश १ ले बागमतीलाई २६ तथा कर्णालीले लुम्बीनीलाई १४० रनले हराएका थिए ।

Leave a comment

Design a site like this with WordPress.com
Get started