वाइवाइ अन्डर-१९ पुरुष राष्ट्रिय प्रतियोगिता अन्तर्गत प्रदेश न. १ र प्रदेश न. २ बिच त्रिभुवन बिश्वबिद्धालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश दुई ४८.२ ओभरमा २ सय ११ रनमा अल आउट भएको थियो । प्रदेश २ का कप्तान विवेक यादवको ७१ बलमा ४ चौका र ६ छक्का ७० रनको उत्कृष्ट इनिङ्स खेलेका थिए । ओपनर रोहन विकले ५९ बलमा ६ चौका र २ छक्कासहित ४७ रनमा आउट भए । सन्तोष कार्की ११, तृतराज दास ८, आशिष झा ५ र गुलशन झा १ रनमा आउट भए ।
अमित यादव ११, आदिल अन्सारी १३, साम्सद मानसुरीले १६ रन बनाए । ६० बल खेलेका प्रदीप पासवानले १ चौका सहित १० रन बनाए । प्रदेश नम्बर १ का दीपेश कडेलले १० ओभरमा २ मेडन सहित ४४ रन खर्चेर ३ विकेट लिए । अर्का स्पिनर गौरव कटवालले ८ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । दीपक जोशीले २ र अभिनय राजवंशीले १ विकेट लिए ।
जवाफमा प्रदेश नम्बर १ ले ४४.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश १ को जितमा ओपनर सोनु अन्सारीले १ सय ४५ बलमा १४ चौका र ३ छक्का सहित १ सय १९ रनको अविजित इनिङ्स खेले । सोनुले साम्सद मानसुरीलाई ४० औं ओभरको पहिलो बलमा चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । उनले १ सय २३ बलमा शतक पूरा गरेका थिए ।
दीपेश कंडेलले ५३ बलमा ३ चौका र १ छक्कासहित ३३ रनमा आउट भए । विवेक मेहता २९ रनमा ४ चौका २९ रनमा अविजित रहे । ओपनर अंकित सुवेदी १४ र लव कामत ९ रनमा आउट भए । प्रदेश २ का विवेक यादव, प्रदीप पासवान र तृतराज दासले १–१ विकेट लिए ।
म्यान अफ दि म्याच प्रदेश न.१ का सतक प्रहार गरेका सोनु अन्सारीलाई घोषित भए।

