चैत्र ६ देखि यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता

नेपाल क्रिकेट संघको अनुसार यु-१९ राष्ट्रिय महिला क्रीकेट प्रतियोगिता चैत्र ६ गते देखि धनगढीको फाप्लामा सुरु हुने छ।

चैत्र ११ गतेसम्म हुने प्रतियोगितामा समूह ‘ए’ र समूह ‘बी’ गरि सात टोलीको सहभागिता रहने छ ।

समूह‘ ए’मा सुदुरपश्चिम प्रदेश, कर्णली प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेश रहेका छन भने समूह ‘बी’ मा प्रदेश–१, मधेस प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम र कर्णली भिड्नेछन् ।

Leave a comment

Design a site like this with WordPress.com
Get started