प्रदेश न.१ को यु-१९ महिला टोलिको घोषणा।

नेपाल क्रिकेट संघको आयोजना र सुदुरपश्चिम प्रदेश सरकारको सहयोगमा धनगढीको फाप्ला क्रिकेट मैदानमा सन्चालन हुने अन्तर्राष्ट्रिय क्रीकेट परिषद अन्डर-१९ एसिया छनौट महिला राष्ट्रिय क्रीकेट प्रतियोगितामा सहभागी जनाउन प्रादेशिक क्रिकेट संघ, प्रदेश न.१ ले आर्या कटुवालको नेतृत्वमा १४ सदस्यीय यु-१९ महिला टोलिको घोषणा गरेको छ।


घोषणा भएको टोलिमा कप्तान आर्या कटुवाल सहित टीका शाह, प्रज्ञा कटुवाल, पायल ठाकुर, बिमला मलाह, प्रिया मलाह, निरु राजबन्शी, भवानी कामती, हिरमोय रोय, हेमवती रोय, ज्योती दनुवार, अञ्जली शाह, अलिशा खडिया, स्नेहा श्रेष्ठ रहेका छन।
तेस्तै बैकल्पिक खेलाडीहरुमा प्रिया शर्मा, एन्जल दोर्जी, रोजिना खातुन र सलिना तामाङ रहेका छन।
उक्त खेलाडीहरु यहि फागुन २८ गते देखि झापाको काकरभिट्टाको खेल मैदानमा शुरु भएको बन्द प्रशिक्षणबाट  छनौट गरिएको हो।
यस्तै टिम ब्यबस्थापकमा मोरङका अम्बिका बुडाथोकी र प्रशिक्षकमा बिरु श्रेष्ठलाई जिम्मेवारी दिएको छ।
उक्त प्रतियोगिता धनगढीमा चैत ६ गते देखि सुरु हुने छ।

Leave a comment

Design a site like this with WordPress.com
Get started