बलियो नेपालले ५ प्रदेशमा यु-१६ ट्यालेन्ट हन्ट क्रिकेट

Grassroot Cricket Develooment program

बलियो नेपाल न्युट्रीसियन इनिसिएटिभको आयोजनामा तथा क्विन्स इभेन्ट मेनेजमेन्ट प्रा. लि. को व्यवस्थापनमा

दोस्रो बलियो नेपाल यु-१६ प्रतियोगिता प्रदेश न.१ बाट शुरु गर्ने तयारि गरेको छ। प्रदेश नं. १ बाट शुरु गरि

मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा गरि देशको ५ प्रदेश भरि ट्यालेन्ट हन्ट द्वारा १६ वर्ष मुनिका उमेर समुहका खेलाडीहरु छनौट गरि प्रदेशको ५ वटा टिम तयार गरि यहि जेष्ठ महिनाको अन्त्यमा काठमाडौँमा हुने फाइनल प्रतियोगितामा समावेश गराइनेछ।

पहिलो संस्करणको बलियो नेपाल कपको लोगो

उक्त उमेर समुहको प्रतियोगिताबाट नेपालको ग्रासरूट क्रिकेटको विकासमा ठूलो योगदान पुग्ने बलियो नेपालले जनाएको छ । यस प्रतियोगिताको पहिलो संस्करण अघिल्लो वर्ष लुम्बिनी प्रदेशमा सफलता सहित सम्पन्न भैसकेको थियो। प्रदेश नं १ मा प्रतियोगिता हुने मिति चाडैं नै तय गरिने बलियो नेपालले जानकारी गराइएको छ।

Leave a comment

Design a site like this with WordPress.com
Get started