How Did Cricket Influence the Gambling Industry So Much?

Cricket is the most popular sport in several countries around the world. It may not have the same popularity as football, but this sport is adored by millions of fans. It has influenced many cultures and individuals. Thousands of children around the globe see some of cricket’s brightest stars as icons and role-models.

indian cricket team

Throughout the years, cricket and gambling have had a close relationship which you can check out here at www.casinoslotsmoney.com. People started wagering their money on this sport as early as the 16th century. The original gambling activity in this sport was via placing bets, but today, the activity evolved and you can see many online casino sites offering various games with cricket teams. We want to provide you with an explanation as to what exactly are online casinos and how were they influenced by cricket.

The Development of Online Casinos

The first online casino was established back in 1994, but their popularity wasn’t that big. All of that changed in 2015 after these sites had a massive spike in traffic. Millions of people started favouring casino sites over land-based casinos due to the higher payout percentages, numerous bonuses and promotions, availability, security, and fair play.

In 2019, online casinos had total global revenue of over $60 billion, with experts believing that that number will likely double in the next 2 years. Needless to say, online casinos are a new way of gambling in the world.

Different Jackpots to Win Money

All of the featured games at online casinos have tremendous rewards. The most popular games are the slots because they are extremely simple to play and players have multiple options as to choosing different jackpots to win money with. These games are also created by some of the best providers in the world which means that the graphics are high and players will have a unique experience

Cricket’s Involvement

Like we mentioned earlier, cricket is one of the most popular sports in the world. An interesting fact concerning cricket and online gambling is this: cricket’s biggest fans come from India and the UK, which also happen to be the two most sought out markets for the online gambling industry.

So how did cricket manage to influence online casinos? Numerous casino sites around the world started featuring various games with the cricket club and national teams, as well as players as themes. Statistics have shown that most of the cricket fans are more than willing to place bets and are open to the idea of online gambling.

By considering that fact, online casinos started featuring these cricket-themed games as a way to attract the fans at their websites. After all, it’s a win-win situation. Casino sites have an increased number of players, while the players who are willing to participate in these gambling activities are in for a treat. Providers have made the games extremely fun and exciting. Add the fact that their quality is top-notch and the rewards are tremendous, and you can come to the conclusion that both parties are pleased with what they get.

Of course, some of the fans are still favouring betting on the games over the casino games, but online casinos have found a way to amuse these players and reward them on the way. Some slots with cricket teams and players as themes have the previously mentioned jackpots which can be as high as $1 million. With a prize that high, you can easily come to the conclusion as to why cricket fans adore these games. They are cheap to play and carry massive rewards.

Article from https://www.thecricketblog.com/

इतिहासकै विशाल जित दर्ता गर्दै नेपालले त्रिकोणात्मक सिरिजको उपाधि चुम्यो

बिजेता नेपाल क्रिकेट टिम

नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक टी २० क्रिकेट सिरिजको उपाधि जितेको छ । नेदरल्याण्ड्सलाई कीर्तिमानी १४२ रनले हराउँदै नेपालले करिव ११ बर्षपछि घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेटका उपाधि जित्न सफल भयो ।

कीर्तिपुर स्थित टियू मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै २३८ रन बनायो । मध्यम सुरुवात गरेको नेपालले ३० रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर आशिफ शेख १६ रनमा आउट हुन पुगे ।

त्यसपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्लले कुशल भुर्तेलसँग ५७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । ज्ञानेन्द्रले १९ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए ।

त्यसपछि कुशल जोडीले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । जसमा कुशल भुर्तेलले ७७ रन बनाए । जसमा उनले ५३ बलमा आठ चौका र तीन छक्का प्रहार गरे । जसका कारण नेपालले १६३ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले ७५ रनको योगदान गरे । जसमा मल्लले २४ बलमा दुई चौका र ५ छक्काको मद्दतले ५० रन बनाए भने एरीले १८ बलमा पाँच चौका र तीन छक्काको सहायतामा अविजित ४८ रनको योगदान गरे ।

नेपालले सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो, त्यो बेला नेपालले बनाएका सर्वाधिक उच्च स्कोर थियो ।

जवाफमा नेदरल्याण्ड्स १७ ओभर दुई बलमा मात्र ९६ रनमा अलआउट भयो । उसका ३ खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । म्याक्स ओदोउदले २० रन बनाए भने कप्तान पिटर सेलारले १३ रनको योगदान गरे । बाँकी खेलाडी एकोहोरो रुपमा आउट भए ।

मात्र १० रन हुँदा पहिलो विकेट गुमाएको डच टिमले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर टोबीस भिसी मात्र दुई रनमा आउट भए भने बेन कुपर सात रनमा पेभेलियन फर्किए । त्यसपछि बास डी लिडीपनि ब्यक्तिगत एक रनमा आउट हुँदा डच टिमको स्कोर ३३ रन थियो ।

उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न सकेनन् । स्कट इडवार्ड पाँच रनमा आउट भए भने एन्टोनियुस स्टालले खाता खोल्न सकेनन् । यस्तै फिलिप ११ रनमा आउट भए । जसका कारण नेदरल्याण्ड्सले ७१ रनमा आठ विकेट गुमायो ।
अन्तिममा पाहुना टिम नेदरल्याण्ड्स अन्तिममा ९६ रनमा अलआउट भयो । उसका सवास्चियन ब्राटले सर्वाधिक २६ रन बनाए । उसलाई सस्तैमा रोक्नका लागि बलिङमा नेपालका करण केसीले तीन विकेट लिए भने कमलसिंह ऐरी र सन्दिप लामिछानेले दुई विकेट हात पारे ।

फाइनलको उत्कृस्ट खेलाडी करण के.सी. भए भने प्रतियोगिता भरिको उत्कृस्ट खेलाडी कुशल भुर्तेल भए ।

क्रीकेट संघलाई अवार्ड

नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को रिजनल अवार्ड पाएको छ । कोभिड-१९ को समयमा पनि क्रिकेट विकासका लागि पहल गरेको भन्दै आईसीसीले नेपालसहित पाँच राष्ट्रलाई अवार्ड दिएको हो ।

नेपालसँगै नामिविया, अर्जेन्टिना, भानुआतु र इटलीले आईसीसीले डिभलपमेन्ट इनिसएयटिभ अफ दि इयरको अवार्ड पाएका हुन् । नेपालले एसिया क्षेत्रबाट अवार्ड पाएको हो ।

त्रिकोणात्मक सिरिजको प्रारम्भिक टोलिको घोषणा

 नेपालले बजाज पल्सर त्रिकोणात्मक ट्वान्टी–२० प्रतियोगिताका लागि आइतबार २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

नेदरल्यान्ड्स र मलेसिया सम्मिलित प्रतियोगिता वैशाख ४ देखि ११ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना हुँदै छ ।

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, सुशन भारी, साहब आलम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललितनारायण राजवंशीलाई नेपाल क्रिकेट संघले प्रारम्भिक टोलीमा राखेको छ ।

बन्द प्रशिक्षण औपचारिक रूपमा मंगलबारबाट संचालित हुने छ।

प्रदेश न. १ पहिलो जित कप्तान रुबिनाको शानदार प्रदर्शन

1140x725

काठमाडौं– प्रदेश न. १ ले ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा १० विकेटको जित निकालेको छ।

प्रदेश न. १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गरेको हो। त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा प्रदेश एकले लुम्बिनीविरुद्ध सानदार जित निकालेको हो। १०५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश १ ले १३.२ ओभरमा विना विकेट लक्ष्य पूरा गर्यो।

प्रदेश १ का कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे। रुविनाले ६८ रन बनाइन्। उनले ४९ बलको सामना गर्दै १२ चौका र एक छक्का प्रहार गरिन्।

त्यस्तै, काजलले २५ रन बनाइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १०४ रन बनाएको थियो। लुम्बिनीका सरस्वती मगरले अर्धशतक बनाइन्। उनले ६६ बलमा पाँच चौका प्रहार गर्दै अविजित ५० रन बनाइन्।

त्यस्तै, कप्तान नेरी थापाले २० र नितु भण्डारीले १८ रन बनाए। बलिङतर्फ प्रदेश १ की सबनम राईले एक विकेट लिइन्। आफ्नो दोस्रो खेलमा प्रदेश १ को यो पहिलो जित हो। यसअघि प्रदेश १ एपीएफसँग आठ विकेटले पराजित भएको थियो

प्रदेश न. १ को कार्यसम्पादन समितीको बैठक सम्पन्न

प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ को बिभिन्न उप-समिती मध्यको कार्यसम्पाधन उप-समितीको २०७७ चैत्र १७ गते बैजनाथपुर, मोरंगमा बैठक बसी बिभिन्न निर्णयहरु गर्दै सम्पन्न गरेको छ ।
प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ का अध्यक्ष मिंग्मा डन्डू शेर्पा संयोजक रहेको उप-समितीमा उपाध्यक्ष नविन घिमिरे, सचिब मनोज कटुवाल र कोषाध्यक्ष बिरू श्रेष्ठ रहेका छन् । त्यस्तै बैठकमा पुर्व राष्ट्रिय खेलाडी राजकुमार प्रधान, प्रशिक्षक प्रदिप राज पाण्डे र प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ का सदस्य द्वैय अजय राजबंशी र नारद नेपाल आमन्त्रित सदस्यको रुपमा उपस्थिति जनाएका थिए ।
बैठकमा प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको प्रादेशिक छनौट खेल, ललितपुर मेयर कप महिला प्रतियोगितामा प्रदेश न. १ को सहभागिता, विभिन्न उप-समिती गठन पुनर्गठन, प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ को परिचय-पत्र बनाउने, राष्ट्रिय क्रिकेट प्रशिक्षक डेव वाटमोरको प्रदेश न. १ मा सम्पन्न क्रिकेट प्रशिक्षण तथा पहुँच (outreach) कार्यक्रम, अनुशासन, बैजनाथपुर क्रिकेट रंगशालाहरु जस्ता बिषयहरुलाई एजेन्डाको रुपमा प्रस्तुत गरिएको थियो ।
भर्खरै झापाको सुरुंगा, चन्द्रगडी र काकरभिट्टामा सम्पन्न प्रधानमन्त्री कप प्रादेशिक छनौट प्रक्रिया सफलता पुर्वक सम्पन्न गरेकोमा उक्त प्रतियोगिताको उप-समिती सदस्यहरुलाइ र झापा जिल्ला क्रिकेट संघलाइ धन्यबाद दिदै अध्यक्ष मिंग्मा दंडू शेर्पा ज्युबाट कमिकमजोरी समिक्षा गर्दै आगामी दिनहरुमा गल्ति कमजोरी सच्याउने निर्णय गर्दै ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिताको लागि १८ गते देखि बन्द प्रशिक्षण गराउने र प्रशिक्षकमा बिरू श्रेष्ठ र म्यानेजरमा रोजी राइलाइ नियुक्त गर्ने निर्णय गरेको छ । साथै बिभिन्न उप-समिती गठन पुनर्गठन सम्बन्धमा छलफल गरि टेक्निकल कमिटीको संयोजक प्रदिपराज पाण्डे र छनौट समितीका सदस्य राजकुमार प्रधानको राजिनामा स्विकृत गर्ने निर्णय गर्दै उक्त रिक्त स्थानमा अर्को बैठक छलफल गर्ने र उक्त समयसम्मको लागि छनौट समितीको जिम्मा सचिब मनोज कटुवाललाइ जिम्मा दिने निर्णय गरिएको थियो ।
राष्ट्रिय क्रिकेट प्रशिक्षक डेव वाटमोरको प्रदेश न. १ को कार्यक्रम उपलब्धिमुलक रहेको र उक्त कार्यक्रम सम्पन्न गर्ने भूमिका खेलेकोमा मोरंग जिल्ला क्रिकेट संघ तथा सम्पूर्ण सहयोगीहरुलाइ हार्दिक धन्यबाद दिदै मोरंग जिल्ला क्रिकेट संघका अध्यक्ष तथा प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ का उपाध्यक्ष नबिन घिमिरे ज्युलाइ बिसेष धन्यबाद दिईयो ।
अनुसाशन सम्बन्धमा छलफल गर्दा प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ मा आबद्ध जिम्मेवार पदाधिकारी सदस्यहरुले बिभिन्न सामाजिक संजालहरुमा प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ बिरुद्ध लेखिएको भ्रामक कुराहरुको बिषयमा सोधखोज गरियो र आगामी दिनमा त्यस्ता किसिमका गल्ति कमजोरी नगर्ने गरि आत्मालोचना गराउने र अब उप्रान्त प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ मा आबाद्ध पदाधिकारी सदस्यहरु , खेलाडीहरुले सामाजिक संजालमा प्रादेशिक क्रिकेट संघको बिरुद्ध कुनै किसिमको आंच आउने र भ्रामक कुराहरु गर्ने पाईएमा नेपाल क्रिकेट संघको बिधान अनुसार उचित कारबाही गरिने निर्णय गरियो
हाल निर्माणाधीन अवस्थामा रहेको बैजनाथपुर क्रिकेट रंगशालालाइ चाडोभन्दा चाडो निर्माण सम्पन्न गरि क्रिकेट खेल्न योग्य मैदानको रुपमा बिकाश गर्ने गरि प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ को तर्फबाट बिशेष पहल गर्ने निर्णय गरियो ।
साथै प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ का सदस्य श्री सुमेश शाहका ममतामयी आमाको दुखद निधनको खबरले प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ गहिरो दुख ब्यक्त गर्दै समबेदना पत्र पठाउने निर्णय गरियो ।

Logo of provincial cricket association, province no. 1

ललितपुर मेयर कपको लागि रुबिना क्षेत्रीको नेतृत्वमा महिला खेलाडी छनौट

ललितपुर महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघको आयोजनामा यहि २०७७ चैत्र देखि २८ गते सम्म काठमाडौँमा संचालन गर्न लागिएको “LALITPUR MAYOR WOMEN’S CHAMPIONSHIP 2077” को लागि प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ ले रुबिना क्षेत्रीको कप्तानीमा आफ्नो १४ सदस्य टोलि घोसणा गरेको छ ।

उक्त प्रतियोगिताको लागि प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ ले अधिकांस खेलाडीहरु प्रधानमन्त्री कप २०७७ खेलेकोलाइ नै  निरन्तरता दिएको छ । प्रधानमन्त्री कप-२०७७ मा प्रादेश न. १ ले फाइनल खेलमा ससस्त्र प्रहरी बल (APF) लाइ हराउदै इतिहास रचेको थियो । १४ सदस्य टोलिको नेतृत्व नेपाली राष्ट्रिय महिला टोलिको कप्तान समेत रहेको रुबिना क्षेत्रीले गर्नेछिन् । रुबिना संगै टोलीमा काजोल श्रेष्ठ (उपकप्तान), अप्सरी बेगम, रोमा थापा, संगीता  राइ, सबनम राइ, ज्योति दनवार, निंग्मा तामाङ्ग, निशा शाह, लकिता राजबंशी, अलिशा खडिया, स्मृति कटुवाल, प्रज्ञा कटुवाल, टिका शाह रहेका छन ।

प्रतियोगितामा  २०७७ पौष महिनामा लमही, दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा पुग्न सफल प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १, नेपाल ए. पि. एफ. क्लब, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश गरि ४ टिम तथा अन्य प्रदेशहरुको उत्कृष्ट खेलाडीहरु छनौट गरि तयार गरिने ललितपुर मेयर ११ टिम गरि कुल ५ टिमहरुको सहभागिता रहने छ ।

डेव व्हाटमोर र जगत टमटा आज बिराटनगर आउदै

भोलि देखि कार्यक्रम सुरुहुने

प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ बिराटनगरमा भोलि देखि राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघको आयोजना र प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ को सहकार्यमा क्रिकेट वर्कसप कार्यक्रम सुरु हुदै छ । यहि २०७७ चैत्र ११ गते बिहान ८ बजे देखि बिराटनगरमा अवस्थित बिग होटेलमा भोलि एक दिन प्रदेश भरि रहेका सम्पूर्ण राष्ट्रिय खेलकुद परिषद का प्रशिक्षकहरु, ACC बाट तालिम प्राप्त प्रशिक्षकहरु तथा नेपाल क्रिकेट संघबाट संचालित level ‘0’ सहभागी प्रशिक्षकहरुलाइ डेव व्हाटमोर र जगत टमटाबाट बिशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ । त्यस पछी प्रदेश भरि रहेका क्रिकेट प्रतिभाहरुलाइ दुवै प्रशिक्षक हरुले प्रशिक्षण गराउने छन।

ललितपुर मेयर कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्बजानिक

ललितपुर उपमहानगर पालिकाको सहयोगमा हुन लागेको मेयर कप महिला टी २० क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । जसमा एपीएफ र सुदुरपश्चिम तथा ललितपुर मेयर ११ र लुम्बिनी प्रदेश खेल्ने भएका छन । राउण्डरोविन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टिमले फाइनल खेल्नेछन । प्रतियोगिता चैत २१ गतेबाट सुरु हुनेछ । प्रतियोगिता ललितपुर उपमहानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघको अयोजनामा हुदै छ । उक्त प्रतियोगिता २०/२० ओवर्स को फर्म्याटमा गराइने छ साथै उद्घाटन खेल प्रधानमन्त्री कपको बिजेता प्रदेश न. १ र उपविजेता एपीएफ भिड्ने भएका छन ।
प्रतियाेगिताकाे विजेताले तीन लाख रूपैयाँ पाउनेछ । दाङमा भएकाे पीएप कप क्रिकेटकाे सेमिफाइनलमा पुगेका चार टिम र एक टिम मेयर ११ बनाएर प्रतियाेगिता खेलाउन लागिएकाे हाे ।
उक्त प्रतियोगिताको लागि प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ ले सचिब मनोज कटुवालको संमयोजनमा ३ दिने बन्द प्रशिक्षण र छनौट प्राक्रिया गर्ने भएको छ ।

डेव व्हाटमोरबाट प्रदेश न. १ मा क्रिकेट वर्कशप हुने

नेपाल क्रिकेट संघ र राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार प्रदेश एक क्रिकेट संघले युवा खेलाडीको ट्यालेन्ट हन्ट गर्ने भएको छ ।

विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा हुने सो ट्यालेन्ट हन्टका राष्ट्रिय टिमका प्रशिक्षक डेभ ह्वाटमोरपनि सहभागि हुनेछ । प्रदेश क्रिकेट संघले ह्वाटमोरको संलग्नतामा अहिलेसम्म कै ठूलो क्रिकेट वर्कशप गर्ने जनाएको छ ।

पछिल्लो पटक क्यानले युवा खेलाडी उत्पादनमा जोड दिने लक्ष्यका साथ प्रदेश एकमा पहिलो पटक क्रिकेट वर्कशप गर्ने भएको छ । उक्त कार्यक्रममा प्रदेश न. १ मा रहेको प्रशिक्षकहरु पनि जोडिने छन ।

उमेर समुहका क्रिकेट प्रतियोगिता पनि गर्ने लक्ष्य राखेको क्यानले आगामी दिन अरु प्रदेशमा पनि क्रिकेट वर्कशप राख्ने योजना बनाएको छ । थप जानकारीको लागि प्रादेशिक क्रिकेट संघ, प्रदेश न. १ बाट प्रशिक्षक प्रदिप पाण्डे ( सम्पर्क न. ९८५२०५०१०८ ) र राजेश पोख्रेल ( सम्पर्क न. ९८५२०२७६०० ) लाइ जिम्मा दिएको छ ।

Design a site like this with WordPress.com
Get started